नेजस अमेरिकामा एकता भाँड्न खोज्नेहरुदेखि सावधान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ मंसिर २०७१, बुधबार १४:५०

jana_samparkaकाठमाडौँ ,३ मङ्सिर  । नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशन जति जति नजिक आईरहेको छ, त्यति त्यति नै चुनावी सरगर्मी बढ्दो छ । समितिको नयाँ नेतृत्वका लागि उम्मेदवारहरु मतदाताहरुको सहयोग र समर्थन जुटाउन व्यस्त छन् ।

लामो समयसम्म आन्तरिक कलह, गूटगत विवादमा रुमल्लिएको नेपाली
जनसम्पर्क समिति अमेरिका आगामी दिनमा एकतावद्ध ढङ्गले अगाडि बढने
सम्भावना देखिएको छ । यद्यपि केही काँग्रेसका नेताहरु भने यही २२ र २३
नोभेम्बरमा टेक्सासको डालस शहरमा हुने अधिवेशनबाट एकता कायम हुने भयले ग्रस्त भएको देखिएका छन् । पार्टीमा होस वा भातृ संगठन कुनैमा पनि एकता भएको हेर्न नचाहने त्यस्ता नेताहरुले नेपाली जनसम्पर्क समिति अमेरिकामा समेत हस्तक्षेप गर्न खोजेका छन् । लामो समयसम्म आन्तरिक झगडा, विवादले मल्लिएको नेपाली जनसम्पर्क समिति अमेरिकालाई विधिवत र संस्थागत रुपमा अगाडि बढाउन प्रभावकारी भूमिका निर्वाह गर्न योगदान दिनुपर्ने नेताहरु नै एकता भाँड्न सक्रिय भएर लागेका छन । नेजस अमेरिकाको अधिवेशनको संघारमा नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाले अमेरिकामा बस्दै आएका काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई टेलिफोन गरेर आफ्ना निकट तथा जिल्लावासीलाई समितिको महासचिवमा जिताउनका लागि आग्रह गर्दै आएको बुझिएको छ ।

स्रोतका अनुसार काँग्रेसका एक प्रभावशाली नेताको निर्देशनमा जिल्ला
सभापति थापाले उक्त हर्कत गरेका हुन । पार्टीको एउटा जिम्मेवार व्यक्तिले
एउटा प्रवासी संगठनमा यसरी खुलेआम हस्तक्षेप गर्न खोजेकोमा अमेरिकावासी
काँग्रेसका कार्यकर्ताहरु रुष्ट भएका छन् । नेपाली जनसम्पर्क समितिलाई
खुला प्रतिस्पर्धाबाट एकतावद्ध ढङ्गले अगाडि बढाउन महत्वपूर्ण योगदान
दिनुपर्ने अवस्थामा एक व्यक्तिको पक्षमा लागेर टेलिफोनबाट दबाब दिनुले
पनि काँग्रेस कार्यकर्ताहरु आक्रोशित बन्न पुगेका हुन । नेपाली जनसम्पर्क
समिति अमेरिकाको महासचिवका उम्मेदवार धनञ्जयनरसिंह केसीले पार्टीको एउटा जिम्मेवार व्यक्तिबाट यस्तो हर्कत हुनु दुःखद भएको बताउनुभयो । केसीले
नेपाली जनसम्पर्क समिति अमेरिकालाई एकतावद्ध ढङ्गबाट संस्थागत गर्दै
अगाडि बढनुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको अवस्थामा काँग्रेसका
नेताहरुबाट नै नेतृत्वका लागि दबाब दिनु विडम्वना रहेको बताउनुभयो ।
उहाँले एकता भाँड्न खोज्नेहरु र खुला प्रतिस्पर्धाको वातावरणलाई
धमिल्याउन खोज्नेहरुदेखि सावधान रहन समेत सम्पूर्ण मतदाताहरुमा आह्वान
गर्नुभएको छ ।

प्रतिक्रिया