बलिउड अभिनेत्री नरगिस फाखरी दिक्क

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ मंसिर २०७१, बुधबार १२:१५

सञ्चारमाध्यमहरूले पटकपटक आफ्नो व्यक्तिगत सम्बन्धका बारेमा प्रश्न गरेपछि बलिउड अभिनेत्री नरगिस फाखरी दिक्क छिन्।

उनले कलाकारको पनि व्यक्तिगत जीवन हुने र उनीहरू गोपनीयताको हकदार भएको बताइन्। उनी व्यक्तिगत जीवनलाई व्यक्तिगत रूपमै राख्न चाहन्छिन्। 
नरगिस चलचित्र ‘रकस्टार’बाट बलिउडमा प्रवेश गरेकी हुन्। चलचित्रनिर्माता तथा अभिनेता उदय चोपडासँग उनको प्रेमसम्बन्ध गाँसिएको समाचार सञ्चारमाध्यममा छाएको छ। ऋतिक रोशनसँग पनि उनको नाम जोडिएको थियो। 
नरगिसले भने यी सबै भनाइको खण्डन गर्दै हल्लालाई बेवास्ता गरेर अघि बढ्नु नै बुद्धिमानी हुने बताएकी छन्। उनले कलाकारलाई पनि गोपनीयता मन पर्ने र कसैसँग नाम जोडेर झूठा समाचार फैलाउँदा उनीहरू दिक्क हुने बताइन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१