सार्क शिखर सम्मेलनको अवसरमा ट्राफिक व्यवस्थापन सम्बन्धी सुचना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ मंसिर २०७१, बुधबार १०:४१

मिती २०७१ साल मंसिर १० र ११ गते काठमाण्डौमा हुन गईरहेको १८ औं सार्क शिखर सम्मेलनको अवसरमा उपत्यकाको ट्राफिक ब्यबस्थापनलाई सहज बनाउनको लागि नेपाल सरकारबाट देहायबमोजिमको निर्णय भएको हुदा सर्वसाधरण सवैको जानाकारीको लागि यो सूचना प्रसारण गरिएको छ ।

  • मंसिर ९ गते देखि १२ गते सम्म ४ दिन उपत्यकाका शैक्षिक संस्थाहरुमा विदा दिने ।
  • मंसिर १० र ११ गते २ दिन उपत्यकामा सार्वजनिक विदा दिने ।
  • मंसिर ८ गते देखि १२ गते सम्म ५ दिनको लागि जोर र विजोर नम्बरको आधारमा उपत्यकामा सवारी साधन संचालन गर्ने ।
  • मंसीर ८, १० र १२ गते जोर नम्बर प्लेट भएका सवारी साधनहरु संचालन गर्ने ।
  • मंसीर ९ र ११ गते दूई दिन विजोर नम्बर प्लेट भएका सवारी साधनहरु संचालन गर्ने ।
  • तर सरकारी, प्रेस, कुटनैतिक र अत्याबश्यक सेवाका सवारी साधनहरुमा भने यो जोर विजोर प्रणाली लागु नगर्ने ।

थप जानकारीको लागी ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा जुनसकै बेला पनि सम्पर्क गर्न सक्नहुनेछ । त्यस्तै .tfm<space>suchana टाईप गरी ४३२१ मा एस एम एस गरेर र १६ १८ ०१ ४२ १९ ६४१ डायल गरेर पनि जानकारी लिन सक्नुहुनेछ । साथै सहज र सुरक्षित यात्राको लागी ट्राफिक एफ. एम्. ९५.६ मेगाहर्ज सुन्न अनुरोध गरीन्छ । महानगरिय ट्राफिक प्रहरी महाशाखा ,रामशाहापथ काठमाण्डौ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१