कुँवर समाज नेपालको दोस्रो केन्द्रीय महाधिवेशन सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
१६ चैत्र २०८१, आईतवार ०९:४९

काठमाडौं । कुँवर समाज नेपालको दोस्रो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । नयाँ बसपार्क स्थित बिजि बैङ्क्वेट मा देश भरिबाट उपस्थित प्रतिनिधि तथा पर्यवेक्षकहरुको उपस्थितिमा महाधिवेशन सम्पन्न भएको हो ।
कुँवर समाज नेपालका संस्थापक अध्यक्ष प्रा.डा.देशराज बहादुर कुँवरको सभापतित्वमा भएको अधिवेशनमा प्रमुख अतिथिको रुपमा सर्वोच्च अदालतका पुर्व महान्यायधिवक्ता,पुर्व गण्डकी प्रदेश प्रमुख तथा वर्तमान राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवर रहनु भएको थियो भने वीर बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष प्रा.डा.धन बहादुर कुँवर, महासचिव गणेश बहादुर कुँवर,योजना आयोगका उपाध्ययक्ष डा.प्रेम बहादुर कुँवर युवा व्यवसायी छविलाल कुँवर लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले यो संगठनलाई मजबुद बनाएर कसरी अगाडी बढाउन सकिन्छ भन्ने कुरामा जोड दिनु भएको थियो ।
अधिवेशनले कुँवर समाज नेपालका संस्थापक अध्यक्ष प्रा.डा.देशराज बहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
जसमा
अध्यक्षमा प्रा.डा.देशराज बहादुर कुँवर, प्रथम उपाध्यक्ष तिलक बहादुर कुँवर, उपाध्यक्षहरुमा थानेश्वर कुँवर,सुर्य बहादुर कुँवर,धनेश्वर कुँवर,चिरागमान सिंह कुँवर,पुरण कुँवर चुनिनु भएको छ भने महासचिव रमेश कुँवर,उपमहासचिव राम बहादुर कुँवर,सचिव खगेन्द्र बहादुर कुँवर,कोषाध्यक्ष शिव कुँवर,सहकोषाध्यक्ष दुर्गा कुँवर तथा सदस्यहरुमा केश बहादुर कुँवर स्याङ्जा,किरण कुँवर लमजुङ,अन्नपुर्ण कुँवर काठमाडौं,शिव बहादुर कुँवर गुल्मी,मिरा कुँवर काठमाडौं,चित्र बहादुर कुँवर कास्की,ध्रुव कुँवर काभ्रेपलान्चोक,बेग बहादुर कुँवर रुपन्देही,सुशिल कुँवर कैलाली,टक्कर कुँवर अछाम चुनिनु भएको छ ।
निर्वाचित समितिले पहिलो बैठकबाट पाँच सदस्य मनोनित गरि समितिको पुर्णतादिने निर्वाचित समितिले बताएको छ ।
यस्तै अधिवेशनबाट लुम्बिनी प्रदेश अध्यक्षमा गुणदेव कुँवर र बागमती प्रदेशमा महेश जंग कुँवरलाई निर्वाचित गर्दै बाँकी पाँच प्रदेशमा मनोनयन प्रकृयाबाट पदपुर्ती गर्ने निर्णय गरेको छ ।
कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै अध्यक्ष प्रा.डा.देशराज बहादुर कुँवरले यो भन्दा अगाडी भए गरेका गल्ति,कमजोरीहरुलाई सच्याउँदै संस्था द्रुत गतिमा अगाडी बढ्ने बताउँदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

प्रतिक्रिया