गृहमन्त्री लेखक एभिन्यूज मुख्यालयमा, पत्रकार रजकलाई सहिद घोषणा गर्न राजकर्णिकारको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ चैत्र २०८१, आईतवार ०६:३२

काठमाडौं । गृहमन्त्री रमेश लेखक एभिन्यूज मुख्यालय पुगेका छन् । हिजो राजावादीहरुको प्रदर्शनको क्रममा लगाईएको आगोमा जिउँदै जलेर एभिन्यूजकर्मी सुरेश रजकको निधन भएको थियो । सो क्रममा एभिन्यूज टिभीका अध्यक्ष भाष्करराज राजकर्णिकारले रजकलाई सहिद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।

जवाफमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर आजै एउटा निश्कर्ष पुगिने भनेका छन् । उनी पत्रकार रजकलाई सहिद घोषणा सकारात्मक सुनिएका छन् । यसअघि उनी अन्नपूर्ण पोष्ट र कान्तिपुरको मुख्यालयमा पनि पुगेका थिए । उनले आज विहान तिनकुनेको क्षतिग्रस्त स्थलको अवलोकन गरेका थिए ।

प्रतिक्रिया