काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले हिजो (शुक्रबार) तीनकुनेमा घटेको घट्नाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निश्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा बुढानीलकण्ठस्थित् निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले यस्तो निश्कर्ष निकालेको हो ।
बैठकपछि जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले पूर्वराजा शाहकै निर्देशनमा आन्दोलन समिति बनेको र संयोजक तोकिएकोले यसको जिम्मा शाहले लिनुपर्ने निश्कर्ष निकालिएको सुनाए । यस्तै कांग्रेसले गणतन्त्र पक्षधरहरुसँगपनि छलफल गर्ने भएको छ ।
प्रतिक्रिया