काठमाडौंका यी ठाउँमा हुनेछ आज सवारी जाम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०८१, शुक्रबार ०६:१९

काठमाडौं । काठमाडौं उपत्यकामा आज सडकमा सवारी जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरू प्रदर्शन गर्दा सवारी जाम हुने प्रहरीले बताएको छ ।

प्रदर्शनका कारण बिहानैदेखि काठमाडौंका सडकमा सवारी जाम हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले बिहानैदेखि सवारी जाम हुनसक्ने बताए । ट्राफिक व्यवस्थापनका लागि आज एक हजार ८०० ट्राफिक प्रहरी खटाइनेछ ।

भृकुटीमण्डपमा गणतन्त्रवादीहरूले राति १२ बजेदेखि नै स्टेज बनाउन सुरु गरेका छन् । तीनकुनमा राजावादीहरूको प्रदर्शन गर्दैछन् । विभिन्न ठाउँबाट र्‍याली निकाल्ने हुँदा सवारी आवागमन असहज हुने उनको भनाइ छ ।

ट्राफिक प्रहरीका अनुसार, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज हुनेछ ।

एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रका सडकमा पनि सवारी आवागमन अस्तव्यस्त बन्ने ट्राफिक प्रहरीको अनुमान छ ।

आवश्यकताअनुसार विभिन्न सडकबाट सवारी डाइभर्सन हुने र त्यसका लागि सबै ट्राफिक पालैपालो गरी खटिने गिरीले बताए ।

भृकुटीमण्डपमा ११ बजेदेखि र तीनकुनेमा १ बजेदेखि प्रदर्शन हुने तय भएको छ ।

प्रतिक्रिया