अमेरिकी वृद्धा अपहरण गरेको आरोपमा एक महिला पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०८१, बिहीबार १२:२६

काठमाडौं । पोखरामा एक अमेरिकी महिलाको अपहरण गरेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीया सरिता लामा रहेकी छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय मकवानपुर र कास्की प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।
उनले पोखराको लेकसाइडबाट ७० वर्षकी अमेरिकन नागरिकलाई अपहरण गरेर मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ नेवारपानी पुर्‍याएर ३३ लाख युरो फिरोती माग गरेको बताइएको छ
अपहरण गरेर बन्धक बनाउँदै फिरौती मागेपछि काठमाडौंस्थित अमेरिकन दूतावासले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरीले उनलाई उद्धार गरेको हो । पक्राउ परेकी लामाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।।

प्रतिक्रिया