काठमाडौ,३ मङ्सिर ।सरकारले सबै सार्क मुलुकको राजधानीसंग हवाई पहुँच बनाउने एजेण्डामा छलफल गर्ने तयारी गरिरहदाँ पाकिस्तानको ध्वजाबाहक विमानले नेपाल उडान बन्द गरेको छ । पाकिस्तान अन्तर्राष्ट्रिय विमान कम्पनीले जुलाईदेखि उडान रोकेको थियो । कम्पनीका कन्ट्री म्यानेजर मोहमद यहमदका अनुसार स्टेशन र कार्यालय बन्दका लागि डिसेम्बर पहिलो सातासम्मको समय दिइएको छ ।
यो सेक्टर घाटामा गएकाले कार्यालय नै बन्द गर्ने निर्णय भएको हो, उनले भने । नेपालको बोर्डर भारत र चीनसंग छ । पाकिस्तान पुग्नका लागि हवाई पहुँच मात्र एउटा हो । विमान कम्पनीले पाकिस्तान-काठमाडौं साताको दुई उडान गर्दै आएको थियो । नेपाल भन्दा अगाडी गत फेब्रुअरीबाट बैंकक र हङकङको उडान पनि बन्द गरिसकेको छ ।
पाकिस्तानले नेपालभन्दा बढी युरोपरअमेरिका जस्ता मुलुकलाई प्राथमिकतामा राख्ने गरेकाले यहाँ उडान बन्द गरी उता बढाउन खोजेको एयरलाइन्सका अर्का कर्मचारीले बताए । उनीहरु युरोप अमेरिका घुम्न रुचाउँछन्, ती कर्मचारीले भने उताबाट नेपाल आउने थोरै छन् । अध्यागमन कार्यालयका अनुसार पाकिस्तानबाट २०१४ को पहिलो ६ महिनामा ३ सय ९२ मात्र नेपाल आएका छन् ।
घाटा भइरहेको र जहाज अभाव भनेर स्टेशन बन्द गर्न खोजिएपनि उक्त कारण सही नभएको ती कर्मचारीको भनाई छ । जुलाईतीर विमाकम्पनीसंग २८ जहाज भएपछि पछिल्लो समय भाडामा र किनेर १० विमान थप भएको छ । पाकिस्तान एयरले सन् १९७० देखि नेपाल उडान गरिरहेको हो ।
त्यतिबेला एयर इन्डिया र थाई एयरवेजले मात्र नेपाल उडान गर्थे । पाकिस्तान एयर वैदेशिक रोजगारीमा जाने नेपालीका लागि पनी अन्य अन्तर्राष्ट्रिय विमानकम्पनीको तुलनामा सस्तो थियो । रियाद, दमाम, मलेशिया र मस्कटका लागि काम गर्न जानेहरु पाकिस्तान एयरबाट जाने गरेको तथ्यांक छ ।
प्रतिक्रिया