प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०८१, मंगलवार ०७:१२

काठमाडौं। थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमेस्टेक) को छैटौँ शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीे नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले यही चैत १९ देखि २३ गतेसम्म हुने सम्मेलनमा जाने निर्णय गरेको हो । प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा.आरजु राणालगायत रहने बताइएको छ ।

प्रतिक्रिया