१७ वर्षीया किशोरी बलात्कृत, रूकुम पश्चिमका एक युवक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० चैत्र २०८१, सोमबार ०६:२५

रसुवा । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ घर भएका २३ वर्षीय नविन रावल रहेका छन्। उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। रावलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी स्याफ्रुवेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया