बागमती पार्क हरियाली सम्पदा टोल समितिलाई हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०८१, आईतवार ०६:४४

काठमाडौं । गोकर्णेश्वर न.पा. वडा नं. ५ भित्रका टोल समितिहरुलाई बागमती पार्क हरियाली सम्पदा हस्तान्तरण गरिएको छ । शनिवार नयाँबस्ति जम्बुडाँडामा आयोजना गरिएको कार्यक्रममा बागमतीको किनाराका हरियाली सम्पदा हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रम नगर प्रवक्ता तथा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीको सभापतित्वमा तथा नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता एवं उपप्रमुख सान्नानी लामाको विशेष आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडा सदस्य धर्म थिङ लामा, समाजसेवी कपिल उप्रेति, समाजसेवी निरञ्जन पुडासैनी, सञ्चारकर्मी चन्द्रमणी गौतम, बागमती सरसफाई अभियन्ता ईश्वर पुडासैनी, स्थानीय वासिन्दा लगायत विभिन्न टोल सुधार समितिका पदाधिकारीको उपस्थिती रहको थियो ।

हरियाली सम्पदा वडा नं. ५ को सिमाना दुङ्गे पार्कदेखि पहेलो पूलसम्म पुडासैनी मैत्री समाजलाई, पहेलो पुलदेखि ब्याडमिन्टन कोर्टसम्म भगननगर विकास समाजलाई, ब्याडमिन्टन कोर्टदेखि जम्बुडाँडाको पुलसम्म सुगमनगर विकास समाजलाई, जम्बुडाँडाको पुलदेखि इष्टपोल प्रतिक्षालयसम्म प्रगती मार्ग डोलेगाल टोल सुधार समितिलाई, इष्टपोल प्रतिक्षालयदेखि ॐ चोकको पुलसम्म प्रभुराम टोल सुधार समितिलाई, ॐ चोकको पुलदेखि ग्रिनहिल सिटी जाने पूलसम्म पृथ्वी टोल सुधार समितिलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रमलाई नगर प्रमुख दिपक रिसाल, उपप्रमुख सान्नानी लामा, नगर प्रवक्ता नारायण बहादुर सुवेदी, लगायतले सम्बोधन गर्नु भएको थियो भने गोनपा ५ का वडा सदस्य धर्म थिङ लामाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया