काठमाडौं । सिराहाका सीडीओ वासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । दाहालको ठाउँमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको छ ।महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । सोही अनुसार उनी मन्त्रालय तानिएका हुन् ।
उक्त घट्नाको विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृह मन्त्रालयले प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको छ। दलित परिवारलाई महायज्ञको नाममा विभेद गरिएको विषय सदनमा समेत उठेको थियो ।
प्रतिक्रिया