बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अजय बर्तौला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ चैत्र २०८१, बिहीबार ०६:२८

काठमाण्डौ। बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अजय बर्तौलाले कार्यभार सम्हालेका छन। चैत ६ गते देखि बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा बर्तौलाले कार्यभार सम्हालेका हुन।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बर्तौलालाई स्वागत गरिएको थियो भने निवर्तमान प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्यालको विदाई समेत राखिएको थियो।

यसअघि कागेश्वरी मनोहरा र निजगढ नगरपालिका सहित जिल्ला समन्वय समितिमा काम गरेको अनुभव संगालेका प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले कार्यभार सम्हाल्दै आगामी दिनमा बुढानिलकण्ठ नगरपालिकालाई सर्वोत्कृष्ट नगरपालिका बनाउन सक्रिय रहने प्रतिवद्दता व्यक्त गरेका थिए।

कर्मचारीहरुलाई घोडाको संज्ञा दिदै उनले राजनीतिक नेतृत्वले जति सक्दो धेरै कुदाउन आग्रह गर्दै कर्मचारीहरुलाई कुनै पनि किसिमले काखा वा पाखा नगर्ने धारणा राखेका थिए।

प्रतिक्रिया