बैंकहरूद्वारा चैत महिनाको लागि नयाँ व्याजदर सार्वजनिक, कुनको कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० फाल्गुन २०८१, शुक्रबार ०७:०९

काठमाडौं । बाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल रहेका २० वटा बाणिज्य बैंकमध्ये अधिकांशले निक्षेपको व्याजदर अघिल्लो महिनाकै यथावत राखेका छन् । आगामी चैत १ गतेदेखि लागू हुनेगरी सार्वजनिक भएको व्याजदरमा ३ वटा बैंकले भने व्याजदर घटाएका छन् । फागुन महिनामा औषत ६.०१ प्रतिशत रहेको व्याजदर चैत महिनाको लागि घटेर ५.९३ प्रतिशतमा झरेको छ ।

मुद्धति निक्षेपको अधिकतम् व्याजदर एनआईसी एसिया बैंक र एनएमबी बैंकको रहेको छ । एनआईसी र एनएमबीले चैत महिनाको लागि ६.६ प्रतिशत व्याजदर तोकिएको छ । त्यस्तै, न्यूनतम् व्याजदर लक्ष्मी सनराइज बैंकको ४.७५ प्रतिशत रहेको छ । लक्ष्मी सनराइजले फागुन महिनाको तुलनामा व्याजदर घटाएको हो । त्यसैगरी हिमालयन बैंक र नेपाल बैंकले दुवैले व्याजदर घटाएर ५.५ प्रतिशत कायम गरेका छन् ।

त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्स बैंकको ६.२५ प्रतिशत, सानिमा बैंकको ६.०५ प्रतिशत, प्रभु बैंकको ६.१ प्रतिशत, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र माच्छापुच्रे बैंकले ६ प्रतिशत व्याजदर कायम गरेका छन् ।

प्राइम कमर्सियल बैंक ६.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक ६.५ प्रतिशत, एभरेष्ट बैंक ६ प्रतिशत, नविल बैंक ५.७५ प्रतिशत, कुमारी बैंक ५.८१ प्रतिशत, नेपाल एसबीआई बैंक ५.५ प्रतिशत, कृषि विकास बैंकले ५.५१ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकले चैत महिनाको लागि ६ प्रतिशत व्याजदर कायम गरेका हुन् ।

प्रतिक्रिया