काठमाडौं । एक महिलाको हत्या आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले एक नाबालकसहित ५ जनालाई पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकै बागमती खोलामा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०÷३५ की महिलाको शव फेला परेको थियो । ती मृत महिला को हुन् भन्ने अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।
ती महिलाको हत्या आरोपमा पक्राउ पर्नेहरुमा सर्लाही बागमती ढुङगेखोलाका कैलाश खड्का, मकवानपुर हेटौडा शिखरपानीका सुरेश तामाङ, । नुवाकोट मेघांग–४ देउरालीका रोशन तामाङ, सिन्धुपाल्चोक तिपिनेकी पुजा परियार र एक नाबालक रहेका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएरस थप अनुसन्धान गरिरहेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिइएको टोलीले ती महिलाको शव पोस्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।
प्रतिक्रिया