काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको सबैभन्दा ठूलो समस्या सरकार बनेको बताएका छन् । आज (शनिबार) सिन्धुलीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब यति धेरै संख्यामा मन्त्रीहरु बनाएर देशले निकास नदिने बताएका हुन् । महामन्त्री थापाले अब मन्त्रालयहरुको संख्या घटाइनुपर्ने, उपराष्ट्रपतिको व्यवस्था हेरफेर गरिनुपर्नेलगायतको परिवर्तन आवश्यक रहेको बताए ।
नेपालको सबैभन्दा ठूलो समस्या भनेकै सरकार हो । हाम्रो सरकार ठूलो हुनु समस्या हो । सरकार सानो बनाउनुपर्छ । म त भन्छु संघको मन्त्रालय घटाएर १०÷१२ वटा बनाए हुन्छ ।
साथै, संघीय सरकार परिवर्तनको प्रभाव प्रदेशमा पनि देखिएको र प्रदेशको सरकार पनि छिटो–छिटो परिवर्तन भएको बताउँदै उनले मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्दा उपयुक्त हुने धारणा राखे । त्यस्तै प्रदेशमा ३ देखि ५ जनामात्रै प्रदेशमा मन्त्री हुनुपर्ने बताए ।
अहिले संघीय सरकारले मन्दिरको छाना हाल्ने ५ लाख र कुलो बनाउने १० लाख जस्ता साना बजेट बोकेर बसेको उनले बताए । यस्तो संघीयतामा हुन नहुने उनले बताए । सबै पैसा प्रदेश सरकारमा पठाउनुपर्ने पठाए । प्रदेशमा झण्डामात्रै रहेको र डण्डा नै नरहेको उनले बताए ।
प्रतिक्रिया