बर्दिवास । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालेन साहको पुर्ख्यौली घरमा पुगेका छन् ।जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहितका नेताहरू बिहीबार मेयर बालेनको घर पुगेका हुन् । महोत्तरीको एकडारा गाउँपालिकाले भाडामा लिएको बालेन साहको पुर्ख्यौली घरमा स्वागत कार्यक्रम राखेको थियो । उनले बालेनको घरमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा रमाइलो महसुस भएको बताए ।
प्रतिक्रिया