प्रमाणित भ्रष्टाचारी सुरेन्द्रलाई कहिलेसम्म बोक्ने भन्दै नेतृत्वसँग कांग्रेस मधेशका कार्यकर्ता रुष्ट, देउवासँग भोलि कुरा राख्ने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०८१, बिहीबार ०६:५९

काठमाडौं । नेपाली कांग्रेस मधेशमा अहिले सुरेन्द्र सिंहको कारण भाँडभैलो मच्चिएको छ । कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह भ्रष्टाचार मुद्दा दोषी ठहर हुँदापनि पदमै आसिन रहेको र उनलाई नेतृत्वको निरन्तर ओत प्रदानले कांग्रेस मधेश नै अशान्त बनेको छ ।

सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको एक वर्ष बितिसक्दा समेत पदमै बसेको भन्दै मधेशमा पार्टीका नेता तथा कार्यकर्ता अहिले आक्रोशित बनेका छन् । सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा, महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापाले सिंहलाई राजनीतिक संरक्षण गरेको चर्चा छ । हुनपनि अदालतबाट भ्रष्टाचारी प्रमाणित भैसक्दापनि नेतृत्वहरु सिंहसँग कार्यक्रममा सँगै हिँड्ने, उनले प्रदान गर्ने गाडी, घोडाा र सुखसुविधा उपयोग गर्ने कुरामा तल्लिन भएको कुरा सार्वजनिक तस्विरले पनि पुष्टि गरेको छ ।

पार्टी सभापति देउवा आजै मधेश जाँदैछन् । भोलि हुने पार्टीका सहमहामन्त्री महेन्द्र यादवको छोराको विवाहमा सरिक हुने उनी जनकपुर जाँदैछन् । पार्टी सभापतिको स्वागतमा कांग्रेस नेता तथा कार्यकर्ताहरु जनकपुरमा भेला भएका छन् । उनीहरुको चर्चाको विषय सुरेन्द्र सिंह बनेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको २०८० फागुन १५ गतेको संयुक्त इजलासले सिंहलाई दोषी ठहर गरेको थियो । तर, राजनीतिक शक्तिको आडमा सिंहले अहिलेपनि मधेश प्रदेशमा आतंक मच्चाउने गरेको आरोप छ । विशेषले ९ महिना कैदको फैसला सुनाएपनि सर्वोच्च अदालतले भने सिंहलाई ४ महिना १५ दिन कैद सजाय तोकेको छ ।

लोकतन्त्र, विधिको शासन र कानून राजको वकालत गर्ने नेपाली कांग्रेस सम्मानित अदालतबाट भ्रष्टाचारजस्तो कसुरमा दोषी प्रमाणित व्यक्ति कहिलेसम्म बोक्छ भन्ने विषय अहिले सिंगो मधेशमा चर्चाको विषय बनेको छ । कांग्रेसका आम नेता तथा कार्यकर्तापनि नेतृत्वले भ्रष्टाचारी नेतालाई बोकेकोमा आक्रोशित छन् । त्यसैले यसपटक देउवा जनकपुर आएको बेलामा यो विषय जोडदार रुपमा उठाउने मधेशका कांग्रेस नेताहरुको तयारी छ ।

सिंहमाथि सिसौको रुख कटान गर्दा ती रुख बेचेर रकम हिनामिना गरेको आरोप थियो । उनीसँग विशेषले सो मुद्दामा एक करोड २३ लाख ६ सय ६ रुपैयाँ असुल गरेको थियो । जुन सर्वोच्चले पनि सदर गरेको छ । अदालतबाट दोषी ठहर भएका सिंह कसको आडमा सर्लाही जिल्लाको पार्टी सभापतिमा कायम छन् ? भनेर पटक पटक नेतृत्वसमक्ष प्रश्न गर्ने गरिएको छ । तर, पार्टी नेतृत्व नै अहिले सिंहको बचाउमा छ ।

देउवा दम्पत्तिको स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहसँगको दुश्मनीमा उनै सुरेन्द्रले सघाएका छन् । सिंहसँग कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको पनि राम्रो सम्बन्ध छैन् । देउवा दम्पत्तिले मात्रै नभएर सुरेन्द्रलाई भविष्यमा पार्टी नेतृत्वको रुपमा चर्चामा रहेका गगन थापाले पनि दरिलो साथ दिएका छन् । उनले सिंहसँग हार्दिक सम्बन्ध राखेका छन् । ०७९ कै निर्वाचनमा उनकै सिंहकै जोडबेलामा गगन सर्लाही ४ बाट निर्वाचन लड्ने चर्चा थियो ।

 

प्रतिक्रिया