सालकको खपटासहित काठमाडौंबाट २ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०८१, मंगलवार ०७:११

काठमाडौं । सालकको खपटा जस्तो देखिने वस्तुसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंको माछापोखरीबाट सालकको खपटासहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा खोटाङको, दिप्रुङ चुईचुम्पा गाउँपालिका-२ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने वर्ष २९ को उमेश तामाङ र सिन्धुलीको तिनपाटन गाउँपालिका-६ घर भई हाल काठमाडौं बस्ने वर्ष ३० को मोहन पुलामी मगर रहेका छन् ।

आइतबार काठमाडौंको काठमाडौँ महानगरपालिका वडा नं-१६ माछापोखरीस्थित अवैध रुपमा वन्यजन्तु सालकको खपटा खरिदबिक्री भइरहेको भन्ने सूचना को आधारमा प्रहरी वृत्त, बालाजुबाट खटिएको प्रहरी टोलीले तामाङलाई रितपूर्वक खानतलासी गर्दा उनले बोकेको झोला भित्र ७७० ग्राम सालकको खपटा जस्तो देखिने वस्तु फेला पारी बरामद गरी उनिसहित मगरलाई पनि पक्राउ गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट खैरो/नीलो/फिक्का रातो/सेतो मिश्रित रङको झोला एक थान, सालकको खपटाजस्तो देखिने वस्तु ७७० ग्राम, जिओनी कम्पनीको मोबाइल एक थान र प्रो कम्पनीको किप्याड मोबाइल एक थान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया