अध्यादेश पारित गर्नु सरकारको कर्तव्य हो, यो प्रयासलाई स्वभाविक रुपमा लिनुपर्छ : शंकर पोख्रेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०८१, सोमबार ०६:५७

काठमाडौं। नेकपा (एमाले) ले सरकारले ल्याएको अध्यादेश यथाशक्य चाँडो पारित गर्ने निर्णय लिएको छ । आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महासचिव शंकर पोख्रेलले अध्यादेश पारित गर्नु सरकारको कर्तव्य हुने भएकोले उक्त प्रयासलाई पनि सामान्य रुपमा लिनुपर्ने धारणा राखे ।

सरकारले अध्यादेश नै पारित गर्ने उद्देश्यले राजनीति दलसम्बन्धी विद्येयक परिमार्जनसहित अघि बढाउन खोजेको बेलामा पोख्रेलले यस्तो टिप्पणी गरेका हुन् ।

बैठकपछि पोख्रेलले भने,‘सरकारले जारी गरेका अध्यादेश पारित गर्न खोज्नु कर्तव्य हो । त्यसलाई आलोचनाको विषय भन्न मिल्दैन ।’ आजको बैठकमा ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणबारे पनि छलफल गरेको थियो । जसमा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेर पाथीभरा केवलकार विवादको समस्या समाधान गर्नेबारे छलफल भएको थियो ।

प्रतिक्रिया