बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ को प्रशासनिक भवनको उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०८१, शुक्रबार ०८:०३

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ को प्रशासनिक भवनको भव्य रुपमा उद्घाटन भएको छ। नवनिर्मित उक्त भव्य भवनको बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले हिन्दु धर्म संस्कृति अनुसार पुजा सहित रिबन काटेर उद्घाटन गरेका छन् ।

फागुन १४ गते, बुधवार शिवरात्रीको दिन आयोजना गरिएको समुद्घाटन कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख, उपप्रमुख , वडाध्यक्षहरु तथा सदस्यहरु ,प्रमुख प्रशासकीय अधिकृत, अधिकृत सहितका कर्मचारीहरु , नेकपा एमाले काठमाडौँका अध्यक्ष सहितको ठुलो पंक्ति ,वडाबासीहरु,नगरबासीहरु सहित सयौंको उपश्थिति रहेको थियो।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख अधिकारीले नवनिर्मित भवनबाट छिटो छरितो र सहज रुपमा वडावासीको काम गर्न अनुरोध गर्दै वडाका अत्यावस्यक र विकास हुन बाँकी कामहरु वारे जानकारी गराउन अनुरोध गर्दै वडा भित्र भएका अन्य योजना समयमै सम्पन्न गर्ने बताएका थिए ।

वडा नम्बर ९ का वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले जनप्रतिनिधि तथा वडावासीको साथ सहयोगका कारण प्रशासनिक भवन उद्घाटन गर्न सफल भएको भन्दै सबैप्रति आभार व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया