ओलीले डाके सचिवालय बैठक, अलपत्र अध्यादेशबारे निर्णायक कदम चाल्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०८१, बिहीबार ०७:०२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । फागुन १८ गतेको लागि सचिवालय बैठक बोलाएको छ । उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ ।

सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेस कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् । आँफैले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महशुस गरेको चर्चा छ । सरकारमा नै रहेको दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि अध्यादेशको विरोध गरेको छ । उसले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय लिएको छ ।

राष्ट्रियसभामा अध्यादेश पारित गराउन निर्णायक अवस्थामा रहेको सत्ता गठबन्धनमा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपालपनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिएको छ । जसपा नेपाल र लोसपा नै विपक्षमा उभिएपछि सरकारलाई अध्यादेश पारित गराउन सकस परेको छ । तर, प्रधानमन्त्री ओलीले यो बीचमा माधव नेपालको दललाई विभाजनको लागि केही गम्भीर कदम चाल्ने हल्ला छ ।

प्रतिक्रिया