काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आम्दानी भन्दा खर्च धेरै देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदनअनुसार सो अवधिमा १ करोड ८६ लाख ५२ हजार आम्दानी भएको छ भने सो अवधिको खर्च २ करोड २० लाख ७९ हजार रहेको छ ।
सदस्यता, लेबी र नवीकरण शूल्कवापत १ करोड ८३ लाख ३९ हजार, प्रकाशन तथा विक्रीमा २ लाख ६५ हजार, सम्पत्ति विक्रीबाट २ हजार ५ सय र बैंकको व्याज ४६ हजार आम्दानीको स्रोत रहेको छ । आर्थिक वर्ष २०७९/८० मा चन्दा सहयोगवापत १० हजार आम्दानी भएकोमा आ.व. २०८०/०८१ मा भने चन्दा सहयोग शून्य रहेको छ ।
खर्चतर्फ विधान अधिवेशन खर्च १८ लाख ६५ हजार, प्रशिक्षण तथा कार्यक्रम खर्च २० लाख ५२ हजार, कार्यलय सञ्चालन खर्च १ करोड ३० लाख ३३ हजार, कार्यलयमा उपकरण खरिदवापत १ लाख २९ हजार, सामाजिक कार्यक्रम खर्च ५० लाख र नगद मौज्दात १४ लाख ७६ हजार रहेको छ ।
प्रतिक्रिया