अहिले तानाशाही र निरङ्कुश सोच भएको सरकार छः प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ फाल्गुन २०८१, मंगलवार ०६:५२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमालेसहितको वर्तमान सरकारलाई तानाशाही र निरङ्कुश सोच भएको सरकारको संज्ञा दिएका छन् । सोमबार झापामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले यो सरकार दलालहरु, विचौलियाहरुले बनाइदिएको बताएका हुन् । उनले संसारमा अपवाद र ठूला–ठूला विपदमा बाहेक कहिले पनि पहिलो र दोस्रो ठूलो दलको सरकार बन्ने अभ्यास नै नरहेको बताए ।

‘यो सरकार अलोकतान्त्रिक सरकार हो । यो निरङ्कुश सोच र प्रवृत्ति भएको तानाशाही सरकार हो । लोकतन्त्रमा दुनियाँमा कहीँ पनि अपवाद र ठूलो विपद्को बेलामा बाहेक पहिलो र दोस्रो ठूलो दल मिल्दैनन् कहीँपनि । यस्तो हुँदैन । त्यसकारण यो लोकतन्त्र विरोधी, अप्राकृतिक सरकार हो । यो पार्टीका नेताहरु आपसमा बसेर छलफल गरेर बनेको सरकार पनि होईन,’– उनले भने ।

तर, पनि माओवादीले अहिलेको सरकार ढाल्ने र नयाँ बनाउने केही नसोचेको उनले बताए । अब आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने र जनताको तागत लिएर सरकारमा जाने उनले बताए । जनताको तागत लिएर सरकारमा गएपछि माओवादीले भ्रष्ट र दलालहरुलाई नछोड्ने पनि उनले बताए ।

प्रतिक्रिया