ताप्लेजुङ सदरमुकाममा निषेध आदेश जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०८१, आईतवार ०७:०९

ताप्लेजुङ । ताप्लेजुङ झडपका घटना बढ्दै गएर हिंसात्मक रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेध आदेश जारी गरेको छ।

शनिवार साँझ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेध आदेश जारी गर्नुभएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६। उपदफा ३ ९क० बमोजिम उक्त आदेश जारी भएको उल्लेख गरिएको छ।

ताप्लेजुङ जिल्ला फुडलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडप र प्रतिकूल स्थितिको सूजना भई शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थितिका कारण आइतबार बिहान ५ बजे देखि अर्को आदेश नभएसम्मको लागि निषेध आदेश जारी गरिएको छ

स्थानीय प्रशासन ऐन, २०२८ संशोधनसहित० को दफा ६ को उपदफा ३९क० बमोजिम निषेधित क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउ जस्ता कार्यक्रम गर्न निषेध गर्ने गरी आदेश जारी गरिएको छ।

‘घोषित अवधिभर जारी आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा सर्वसाधारणको लागि जानकारी गराइन्छ,’ आदेशमा भनिएको छ।

पाथीभरा क्षेत्रमा केबलकार बनाउन नदिने समूह र प्रहरीबीच पटकरपटक झडप भएका छन्।

‘नो केवलकार समूह र प्रहरीबिच शनिबार साँझ झडप भएको छ । पाथीभराबाट फर्किएका ‘नो केवलकार समूह र प्रहरीबिच झडप भएको हो । पाथीभराबाट फर्किएपछि ताप्लेजुङको फुङलिङ बाजारमा र्यालीमा रहेका ‘नो केवलकार समूह’का सहभागीले वीरेन्द्रचोकमा राके जुलुस तथा नाराबासी गरेका थिए ।

उनीहरूले चोकमा आगो बालेर सबैतिर छर्न थालेपछि प्रहरीले आगो निभाउन पानी लिएर आएका थिए । आगोमा पानी हाल्न लाग्दा प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको हो । पराजुलीचोकदेखि सुरु भएको र्याली फुङलिङ बजारको तोक्मेमा पुगेर वीरेन्द्रचोक पुगेपछि आगो सल्काएका थिए ।

प्रतिक्रिया