काठमाडौ । नेपाल उद्योग संघको तेस्रो वार्षिक साधरणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाले खोम कान्त रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो भने कोषाध्यक्षमा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष ध्रुव तिवारी निर्वाचित भएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्ष भागिरथ सापकोटा प्रमुख आतिथ्यमा शनिबार संघको काठमाडौंमा सम्पन्न तेस्रो साधारणसभाले खोम कान्त रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो।
यसैगरी संघको उपाध्यक्षमा ईश्वर बहादुर गुरूङ, देवेन्द्र चाैलागाई, प्रेम बहादुर बस्नेत,दुर्गा गाैतम,शोभा कान्त बस्याल,महासचिव राज कुमार बन्जरा उपमहासचिव माधव रेग्मी ,कमल प्रसाद पौडेल , सचिव डोल प्रसाद अधिकारी ,सरस्वती राई र अनिल आचार्य निर्विरोध निर्वाचित भएका हुन्।
कार्यसमिति सदस्यहरुमा दिल कुमार श्रेष्ठ ,बलराम मैनाली, सन्तोषी श्रेष्ठ ,अजित बजगाई,पदम कुमार कार्की ,बसुना कार्की गाैरव पौडेल ,दुर्गा पुरी चयन भएका छन्।
कार्यसमितिले आगामी २ वर्ष नेपाल उधोग संघको नेतृत्व गर्नेछ। संघको यसअघिको कार्यसमितिको अध्यक्ष सुनिल श्रेष्ठ थिए।
प्रतिक्रिया