काठमाडौं । कुनैपनि देशलाई तहस नहस बनाउने हो भने त्यो देशको भाषा ,संस्कार,संस्कृति र शिक्षामा प्रहार गरेपुग्छ भन्ने मान्यता अनुसार पछिल्लो समय नेपालमा त्यसको व्यवहारिक कार्यन्वयन भईरहेको देखिन्छ ।
भाषा,संस्कार र संस्कृतिमाथि प्रहार गर्ने पहिलो अश्त्रको रुपमा गीत संगीतको प्रयोग भईरहेको आरोप लागिरहेको बेला गायक तथा संगीतकार कार्साङ लामा तामाङले आफ्नो निजि युटुव मार्फत सिन्धुपाल्चोक तिर चर्चित तामाङ भाका खान्दोके सेलोको रिमिक्स भर्जन सार्वजानिक गरे पछि यो बिषयमा सर्वत्र चर्चा र बहस हुन थालेको छ ।
नेपाली गीतसंगीतको बजारमा पुराना गीतहरुलाई रिमिक्स गर्ने चलन केही बर्ष अघि सम्म निक्कै ट्रेण्ड चलेको थियो । पुराना नचलेका गीतहरुलाई रिमिक्स भर्जन बनाएर बजारमा ल्याउँदा बजार राम्रैसंग तताउन सफल भए पछि गीतलाई रिमिक्स गर्नेहरुको संख्या निक्कै बढेको थियो ।
यो क्रम तामाङ गीतसंगीतको क्षेत्रमा पनि कुनै नौलो कुरा भने होईन । तर शुक्रवार गायक तथा संगीतकार कार्साङ लामा तामाङले भने रिमिक्स भर्जन भन्दै गीत सार्वजानिक गरे पछि उनिमाथि खान्दोके सेलो भाका माथि नै गहिरो प्रहार गरेको आरोप लागेको छ ।
गायक तथा संगीतकार लामा आफैंमा कलाकार मात्रै होईनन् तामाङको संस्कार संस्कृति, ह्रिमठिमको बारेमा समेत गहिरो अध्ययन संगै राम्रै ज्ञान राख्ने व्यक्ति हुन् । उनैले शुक्रवार सार्वजनिक गरिएको “आसना सार्दो” बोलको रिमिक्स भर्जनको भिडियोमा जे दृश्यहरु देखाईएको छ त्यसले सेलो भाका माथिको गहिरो प्रहार गरेको भन्दै सामाजिक संजालहरु तात्तिन थालेका छन् ।
लामाले गीतमा मौलिक भाका खान्दोके सेलोलाई आधुनिकतामा मात्रै ढालेनन्, उनले खान्दोके सेलोलाई ड्रम सेट र गितार संग सम्बन्ध गाँस्दै मौलिक बाजा टुङ्ना र डम्फुलाई समेत खान्दोके भाकासँग सम्बन्ध बिच्छेद गराएको पाईन्छ ।
संगीतको निक्कै ज्ञान राख्ने युवा गायक तथा संगीतकार लामाले मौलिक भाकालाई रिमेक अथवा रिमिक्स गर्दा मौलिकता जोगाउने जिम्मेवारी चाहि बिर्सेको तामाङ अगुवाहरुको ठम्याई छ ।
यस्ता मौलिक भाकालाई रिमिक्स गर्दा मौलिक भाकाको आत्मा, शब्द र भावलाई बिगार्न हुंदैन । समाजमा नकरात्मक असर पर्ने सामाग्री हाल्न मिल्दैन र सांस्कृतिक सम्मान गर्नुपर्छ भन्ने सामान्य ज्ञान समेत नराख्दा यत्ता कत्ता गालि आउन थालेको छ ।
मौलिक भाका कुनै समुदाय, जाति, वा क्षेत्र विशेषसंग जोडिएको हुंदा त्यसलाई गलत तरिकाले प्रस्तुत गर्दा सांस्कृतिक अपमान हुन सक्छ । मौलिक भाकालाई रिमिक्स गर्दा मौलिकताको सम्मान गर्नुका साथै सांस्कृतिक भावनालाई ठेस नपुर्याउने गरी गर्नुपर्नेमा यो गीतमा उनले आधुनिकतालाई मात्रै प्रयोग गरेको देखिन्छ ।
पहिले होस या अहिले नै केहि मौलिक भाकाहरुको रिमेक र बिकृतिले नेपाली सांस्कृतिक पहिचानमा नकरात्मत प्रभाव पारिरहेको छ । यसको संरक्षण र प्रबद्र्वनका लागि सबै पक्षको सकृयता आवश्यक रहेको छ ।
हुन त झट्ट सुन्दा र भिडयो हेर्दा नयाँ जेनेरेशनको सुन्ने कान र हेर्ने आँखालाई मनोरञ्ज त देला तर बुझ्ने मनलाई आनन्द भने कदापि दिन नसक्ने कुरा प्रष्ट देखिन्छ । यस्ता गीतहरुले हाम्रो सांस्कृतिक धरोहरमाथि नकरात्मक प्रभाव पारिरहेको हुन्छ ।
कत्तिपय दर्शकले भने उक्त गीतको भिडियो हेरेर कलाकारले कला देखाउनुपर्नेमा चर्तिकला प्रस्तुत गरेको भन्न थालेका छन् ।
हुनु पनि हो यस्ता गीतले नेपाली गीतसंगीतको गरिमा घटाईरहेको छ । मौलिक पहिरन, नृत्य र प्रस्तुति शैलीलाई प्राथमिकता दिनु पर्ने, भाकाको उत्पति भएको भौगोलिक क्षेत्र वा त्यस संग मिल्दो जुल्दो ठाउंमा छायांकन गर्नु पर्ने ग्रामीण सौन्दर्यता, परम्परागत घर तथा सांस्कृतिक परिवेश देखाउने प्रयत्न गर्नुपर्नेमा उनले एउटा डांडामा गएर आधुनिक बाजा बजाउने ब्याण्डको साथमा प्रस्तुत हुने शैली, लगाउने पोषाक यी सबै सबै हेर्दा सुनियोजित तवरले खान्दोके सेलो माथि बलात्कार गर्न खोजेको प्रष्ट देखिन्छ ।
फेशन ट्रेण्डलाई अपनाउने नाममा सांस्कृतिक पहिचानलाई ओझेलमा पार्ने काम सबैले बन्द गरोस । अनावश्यक रुपमा आधुनिक शैलीका दृश्य राख्नाले मौलिक भाकाको आत्मा, त्यस संग सम्बन्धित बाजालाई समेत ओझेल पार्ने खतरा रहेको कुरा समेत सामाजिक सञ्जालमा चर्चा हुन थालेका छन् ।
प्रतिक्रिया