बोर्डिङ्ग स्कुलाका प्रिन्सीपल २८ वर्षीय गणेश श्रेष्ठलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ मंसिर २०७१, मंगलवार १३:१७

balatkar 67सर्लाही,२ मङ्सिर 
छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ परेका छन् । सर्लाहीको राजघाटमा रहेको नमुना ज्ञान उदय एकेडेमी बोर्डिङ्ग स्कुलाका प्रिन्सीपल २८ वर्षीय गणेश श्रेष्ठलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले बताए। नागरिक दैनिकमा समाचार छ ।
कक्षा ८ मा पढदै गरेकी १४ वर्षीया बालिकालाई धनुषाको बौवा होटेलमा लगेर बलात्कार गरेको आरोपमा शिक्षक श्रेष्ठलाई पक्राउ गरिएको हो। महोत्तरीको खैरमारा स्थित मामा घरबाट घर फर्किंदै गरेकी बालिकालाई लालबन्दी बसपार्कबाट घर पुर्यौइ दिने भन्दै मोटरसाइकलमा चढाएर धनुषाको लालगढ स्थित बौवा होटेलमा लगी शनिबार राती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। बस कुर्दै गरेकी बालिकालाई शिक्षकले ठगेर लालगढको होटेल पुर्याएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१