नेपाललाई संघीयता सम्बन्धमा दिइएको सहायताबारे ट्रम्प आक्रोशित, भने- यो ठगी हो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०८१, बिहीबार ०७:०७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा दिइएको सहायतालाई ‘ठगी’ भएकाे बताएका छन्। ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले नेपाललाई संघीयताका लागि दिइएको २० मिलियन अमेरिकी डलर ठगी भएको बताएका हुन्।

‘नेपाललाई २० मिलियन डलर संघीयताका लागि दिइएको छ। यो सरासर ठगी हो,’ उनले भने। उनले नेपाललाई १९ मिलियन अमेरिकी डलर जैविक विविधता संरक्षणका लागि पनि दिइएको बताएका छन्।

प्रतिक्रिया