काठमाडौँ । बूढानीलकण्ठबाट प्रहरीले २४ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको बताइएको छ । प्रहरीले आरोपीहरु बाट २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरिएको छ ।
आरोपीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
प्रतिक्रिया