शान्दार म:म ग्यास विस्फोट : घाइते थप १ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०८१, आईतवार ११:५७

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ । काभ्रे घर भएर कमलपोखरी बस्ने छिरिङ लामाको मृत्यु भएको बताइएको छ ।
योसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।विस्फोटमा परेर यसअघि २२ वर्षीय प्रदीप तामाङ, हेटौंडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घलेको मृत्यु भएको थियो ।

प्रतिक्रिया