काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकामा निर्माण हुन् लागेको नगर बसपार्कको शिलान्यास गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको करिव ६ रोपनी सार्वजनिक जग्गामा निर्माण गर्न लागिएको सो नगर बसपार्कको फागुन १ गते शिलान्यास गरिएको हो।
लामो समय देखि नगर बसपार्क नबन्दा सार्वजनिक सवारी साधनहरुको पार्किंग सडक र अन्य स्थानमा गर्नुपर्ने बाध्यता रहेको गुनासो निकै बढेको समयमा नगरपालिकाले आफ्नै बसपार्क निर्माण गर्न लागेको वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठले बताएका छन।
हाल नगरपालिकाले छुट्टाएको २ करोड रुपैयाबाट काम शुरु गर्दै बसपार्क विस्तारका लागि अन्य श्रोतहरुको व्यवस्थापन गर्ने योजना रहेको बताउदै अध्यक्ष श्रेष्ठले शिलान्यासमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन।
उक्त नगर बसपार्क शिलान्यास कार्यक्रममा बागमती प्रदेसका प्रदेस सभा सदस्य जयराम थापा , नगरप्रमुख मिठाराम अधिकारी , पुर्व नगर प्रमुख उद्दव प्रसाद खरेल ,पुर्व उप प्रमुख रमा राइ सहित वडा अध्यक्षहरु र जनाप्रतिनिहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया