बुधवार मध्यान्ह चाबहिलस्थित एसएस एकेडेमीको बा.२ ख ७०५८ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये २७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अन्य १६ जना घाइतेको उपचार जारी छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते एकको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
स्कुल व्यवस्थापन, शिक्षकहरू र विद्यार्थी सवार बस नगरकोटमा पिककिन गएर फर्किँदा दुर्घटनामा परेको हो ।
प्रतिक्रिया