शंखरापुर नगरपालिकामा स्कुल बस दुर्घटना, ६ जना विद्यार्थीको ज्यान गयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०८१, बिहीबार ०७:०८

काठमाडौं । काठमाडौंको साँखु–नगरकोट सडखण्ड अन्तर्गत शंखरापुर नगरपालिका–५ को कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा ६ जना विद्यार्थीको ज्यान गएको छ ।

चाबहिल स्थित एसएस एकेडेमीले पिकनिकको लागि रिजर्व गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायात बस ब्रेक फेल भई अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । साँखु आउँदै गरेको बस दुर्घटनामा पर्दा अन्य ४० जना विद्यार्थीहरू घाइते भएको छन् ।

ज्यान गुमाउनेमा १२ वर्षीय आदित्य सुनार, १४ वर्षीय धिरज साउद, १३ वर्षीय सन्देश गिरि र सुशाङ्क डोटेल रहेका छन् । अन्य दुई जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

उनीहरूमध्ये चार जनाको शंखरापुर अस्पताल र अन्य दुईको नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।

घाइतेहरूको पिपुल्स लाइफ कियर अस्पताल, नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया