क्रिकेट टिम क्षेत्रिय क्रिकेट प्रतियोगिता खेल्न नजाने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ मंसिर २०७१, मंगलवार ११:४२

अछाम ,२ मङ्सिर ।  आर्थिक अभाबका कारण यो बर्ष अछामको क्रिकेट टिम क्षेत्रिय क्रिकेट प्रतियोगिता खेल्न नजाने भएको छ । मसिर ४ गते बाट कैलालिको धनगढीमा हुने सिनियर क्रिकेट प्रतियोगिताका लागि छनोट प्रतियोगिता सम्पन्न गरि टिम छनोट गरिसक्दा पनि कुनै क्षेत्र ब्ाँट टिमलाई सहयोग प्राप्त नभए पछि प्रतियोगितामा सहभागि नजनाउने जनाएको छ ।

२६ गते साफबेगरमा छनोट प्रतियोगिता सुरु गरे देखि नै जिल्ला खेलकुद बिकास समिती, जिल्ला बिकास समिती अछाम लगाएत दर्जनौ अन्य सरकारी कार्यालयमा आर्थिक रकमका लागि आफुहरु धाउदा समेत कुुनै ठाउ बाट सहयोग नभएको खेलाडि बिनोद खत्रिको दुखेसो रहेको छ । यस भन्दा अघिका प्रतियोगितामा गाबिसमा गठित क्लब, विद्यालय, ब्यापारीले प्रयोजन गरेर आफुहरु खेल खेल्न जाने गरेको र यस बर्ष कहि कतै बाट पहल नभएको अछाम टिमका कप्तान राजु रिजालले बताउनु भयो ।

कुवेतमा भएको १९ बर्षको मुनिको क्रिकेट खेल खेलि छिटो अछाम फर्कि अछामको धनगढी लिनका लागि आफु अछाम पुग्दा आफना खेलाडिको यो पिडा देखेर आफैमा क्रिकेट खेल बाट टाढा हुनु बाहेक अर्को विकल्प नरहेको बताउनु भएको छ । यस भन्दा अघि विगत ७ बर्ष देखि अछाम क्रिकेट टिमका प्रशिक्ष्ँक तथा कप्तान लोकेन्द्र खत्रिले यस भन्दा अघिका बर्षमा आफनो ब्यक्तिगत लगानि, कुनै ठुलो ब्यापारी, गाबिसको सहयोग, क्लब सग हात पाउ जोडेर भएपनि क्षेत्रिय प्रतियोगिता खेल्न लेगेर भएपनि अछामबाट राष्टिय खेलाडि राजु रिजाल, यज्ञमान कुमाल र क्षेत्रिय खेलाडि बिनोद खत्रि र शिवराज स्वार जस्ता खेलाडि उत्पादन गरेको बताउनु भएको छ ।

अछाममा जति मेहनत गरेतापनि राजनितिकदलका प्रमुख तथा सरोकारवालाले खालि भाषण दिनु बाहेक अरु केहि नभएकले अछामि क्रिकेट टाढा राखेर बाहिर गएको बताए । आफनो कमाउने समय सबै क्रिकेटमै खर्च भईसकेकाले आफु यो बर्ष नै बिदेशिनु परेको उहाको दुखेसो रहेको छ । आगामि मसिर ४ गते भित्र खेलाडिका लागि कुनै ठाउ बाट सहयोग रहयो भने प्रतियोगितामा सहभागि हुने सघका सचिव लक्ष्मण रावलले बताउनु भयो ।

 यदि मसिर ४ गते भित्र आफनो टिमलाई प्रतियोगितामा सहभागि जनाउन कहि कतै बाट सहयोग नरहेमा अछाममा कुनै पनि क्रिकेट प्रतियोगिता नगर्ने अर्को दिन बाट अछामका युवा जमातदलाई एकजुट बनाई अछामको साफेबगर, मगलसेन र जयगढमा बिरोध रयालि गर्ने प्रशिक्ष्ँक अनिल कुवरले बताउनु भयो । जिल्लामा क्रिकेट खेलको बिकासका लागि रिडिकोटमा रहेको बडासैन खेलमैदान र कालिकामा रहेको थालाकोट खेलमैदानमा समेत कुनै प्रतियोगिता नगरि खेतिपाति र गौचरनमा परिणत गर्ने खेलाडिहरुले चेतावनि दिएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१