काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्माले देशमा भएका भ्रष्टाचारको छानबिनको लागि शक्तिशाली आयोग गठनको माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा शर्माले यस्तो माग गरेका हुन् ।
उनले अहिले सदनमा एकले अर्कोलाई दोषी करार गर्नेतर्फ छलफल भएकोमा चिन्ता व्यक्त गरे । उनले भने,‘हो, दोषी भएकाहरुलाई छानबिन गर्नुपर्छ । भ्रष्टाचारको छानबिन गरौं । यो रोष्ट्रमबाट मैलेपनि धेरै चोटी भनेको छु । छानबिन गरौं । शक्तिशाली आयोग बनाउँ । को कोले गरेको भन्ने कुरा त्यहाँ पुष्टि हुन्छ नि त ? गर्न किन आँट नगर्ने ? त्यो आँट गरौं भनिएको छ । क्यान्टोनमेन्टको होस वा अरु कुनै कुराको होस, छानिबन गरेर अघि बढौं न । छानबिनको लागि कसैले छेकेको छैन् ।’
प्रतिक्रिया