चितवन । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले २०८४ को आम निर्वाचनअघि चुनावी गठबन्धन गरौं भन्ने व्यक्ति अब कांग्रेसमा रहन नसक्ने बताएका छन् । सुरुदेखि नै चुनावी गठबन्धनको विपक्षमा खरो बोल्दै आएका थापाले सोमबार चितवको खैरेनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
थापाले,‘कुनै बेला म एक्लै थिएँ । २०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ, त्यो कांग्रेस रहँदैन । हिजो यसको लागि लडेको, सकेनौं। अब सिंगो पार्टी आयो ।’
उनले संविधान, विधान र कानूनले ०८४ पछि पार्टीको महाधिवेशन गर्न नपाईने व्यवस्था गरेको स्मरण गराए । उनले ०८४ को निर्वाचनअघि नै महाधिवेशन गराउनुपर्ने भन्दै त्यसमा सबैको साथ चाहिएको सुनाए । उनले पार्टीको महाधिवेशन समयमै गर्नुपर्नेमा सबै चिन्तित रहेको बताए । त्यसको लागि चैत्रभित्र सदस्यता नवीकरणको काम सम्पन्न गर्न थापाको सुझाव छ ।
प्रतिक्रिया