पूर्वडीआईजी जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०८१, मंगलवार ०६:५३

काठमाडौं । रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वसिष्ठ कुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सोही सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई १ करोड धरौटीमा छाडेको थियो ।

प्रतिक्रिया