काठमाडौं । प्रहरीले बुढानीलकण्ठको एक घरमा छापा मारेको छ । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो।
उक्त घरमा अवैध अनलाइन जुवा, सट्टेबाजी अनलाइन ठगी, क्रिप्टो करेन्सीलगायतको कारोबार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले त्यहाँबाट ल्यापटप, कम्प्युटरलगायतका डिभाइस बरामद गरेको छ भने केही मानिसलाई नियन्त्रणमा लिएको छ । अहिले अपरेशनको काम भइरहेकाले थप विवरण आउन बाँकी छ । यस विषयमा विशेष पत्रकार सम्मेल गरेर जानकारी गराउने काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी बताए ।
प्रतिक्रिया