काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संशोधनबेगर पास नहुने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयक जस्ताको तस्तै पास गर्न नसकिने बताएका हुन् ।
उनले सो विधेयकमा व्यापक संशोधन आवश्यक रहेको बताउँदै जस्ताको तस्तै पास गर्ने कुरा कांग्रेसलाई स्वीकार्य नरहेको बताएका हुन् । ‘हामीले सात बुँदे सहमति गर्दा सामाजिक सञ्जाललाई नियमन गर्ने भन्ने थियो, नियन्त्रण गर्ने भन्ने होइन । कसैको अधिकारलाई बन्देजमा राख्नेगरी काम गर्न यो सरकार बनेको होइन, संशोधनबेगर पास हुँदैन,’– महामन्त्री शर्माले भने ।
प्रतिक्रिया