बुनपा वडा नं १ को जेष्ठ नागरिक,एकल महिला ,दलित र जनजातीहरुका लागि ३ दिने उध्यमशिलता प्रोत्साहन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०८१, बिहीबार ०८:००

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १ को आयोजना तथा प्राइड सेन्टरको सहजीकरणमा आयोजित वडाबासिको लागी जेष्ठ नागरिक,एकल महिला ,दलित र जनजातीहरुका लागि ३ दिने उध्यमशिलता प्रोत्साहन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ  ।
वडा न १ स्थित वडाको तौलुंग आधारभूत स्वास्थ्य केन्द्र भवनको सभाहलमा भएको कार्यक्रममा वडाबासिको लागी जेष्ठ नागरिक,एकल महिला,दलित र जनजातीहरुका लागि ३ दिने उध्यमशिलता प्रोत्साहन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा आत्मविश्वास सहितको जागरण पैदा गर्नको लागि आयोजित कार्यक्रममा प्रशिक्षकको रुपमा तारक थापाले उध्यमशिलता सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको थियो । भने अर्का प्रशिक्षक उप-प्राध्यापक प्रविन कुमार रेग्मीले प्रोत्साहन सम्बन्धि अभिमुखीकरण प्रदान गर्नुभएको थियो ।

बुढानिलकण्ठ नगरपालीका वडा न १ का वडा अध्यक्ष सुरेन्द्र लामा सहित वडा सदस्य बुदीमान लामा,चण्डिका रैला ,नबिन श्रेष्ठ , शर्मिला नेपाली र वडा राजेन्द्र तामांगको उपस्थिति रहेको थियो । तालिमको पहिलो सत्रमा उध्यमशिलता सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कार्यक्रम सहजीकरण सस्थाका निर्देशक मुकुन्द ढुंगानाले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यक्रमको सभाअध्यक्ष वडा सदस्य चण्डिका रैलाले गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालीका वडा न १ का वडा अध्यक्ष सुरेन्द्र लामा र बिशेष अतिथि वडा सदस्यहरु रहनुभएको कार्यक्रममा सहजीकरण प्राइड सेन्टरले गरेको थियो ।

प्रशिक्षकको रुपमा रहनुभएको तारक थापाले बिशेष प्रशिक्षणमा रहनुभएको थियो । कार्यक्रममा सहभागीले यस कार्यक्रमले उत्साह र हौसला जागेको, समाजमा सकारात्मक प्रभाव परेकोले आगामी दिनमा पनि यो खालको गरिदिनुहुन वडा लाई अनुरोध गर्दै प्रशिक्षणमा सहभागी हुन पाउदा खुसि भएको वडाबासिले ब्यक्त गर्नुभएको थियो ।

प्रशिक्षक उप-प्राध्यापक प्रविन कुमार रेग्मीले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो । वडाबासिको काम कर्तब्य र अधिकार, ब्यवहार सम्वन्धी सिद्धान्त, सहभागितामूलक सिद्धान्त, कला गलामा हुनुपर्ने गुण, समयमा हुनुपर्ने बिषयबस्तुहरु साथै ब्यक्तित्व विकासहरुका आयामहरुको बारेमा चर्चा प्रशिक्षकले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा वडाबासिले उत्कृष्ट काम गर्न वा सो क्षेत्रमा सिर्जनशील, उद्यमशीलता, रोजगारी, अविष्कार, अन्वेषण, अनुसन्धान गरी तथा अन्य कसैले गरेको आविष्कार र अनुसन्धानबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई प्रयोग गरी समाज र राष्ट्र विकासमा अनुकरणीय योगदान दिएका सक्षम वडाबासीको लागि सम्बन्धित तालिम संचालन गरिएको वडा अध्यक्ष सुरेन्द्र लामाले जानकारी गराउनु भएको थियो ।
इच्छाशक्ति र संकल्पलेनै वडाबासीलाई सफल र शिखरमा पुर्याउने हुनाले निरन्तर सिकाइ कला गलालाइ प्रखर बनाइ अगाडि बढ्नुपर्ने कुरामा जोड दिदै यस्ता कार्यक्रमले सबैको मनोबल बलियो भएर दृढता पुर्बक आत्मबल बढ्ने हुदा यो कार्यक्रम महत्वपूर्ण रहेको वडा अध्यक्ष सुरेन्द्र लामाले बताउनुभयो ।
तालिममा सहभागीहरुले यस्ता कार्यक्रमले कार्यसम्पादनमा थप बल पुग्ने हुदा आगामी दिनमा पनि राख्नुपर्नेमा जोड दिनुभयो । ३ दिने तालिममा सहभागी दैनिक १८० जना रहनुभएको थियो भने कार्यक्रम समापनमा सहभागीसबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा सहभागीहरुलाई खाजा पानि र यातायातको समेत ब्यबस्था गरिएको थियो ।

 

 

प्रतिक्रिया