मानव बेचबिखतको आरोपमा कांग्रेस क्षेत्रीय सभापति खनाल पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०८१, बिहीबार ०७:०३

काठमाडौं ।  मानव बेचबिखनको आरोपमा नेपाली कांग्रेसका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछामको प्रतिनिधिसभा क्षेत्र न.२ ‘क’ का सभापति ताराप्रसाद खनाल छन् । खनाललाई कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले जनाएको छ। उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ ।

विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया