काठमाडौँ । काठमाडौँ उपत्यकामा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोपाल मोक्तान, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गुन बहादुर गुरुङ छन् ।गुण्डागर्दीमा संलग्न आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ । उनीहरूले सामाजिक सञ्जाल ‘टिकटक’मा खुकुरी र तरबारले केक काटेको भिडियो पोस्ट गरेका थिए । आरोपीहरूले ‘शोअप’ गरेर आतङ्क सिर्जना गरेर असुली धन्दा समेत सञ्चालन गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनीहरू माथि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया