काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने भएका हुन् । गत माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनमा प्रचण्डले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । चालु अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सम्बोधन गरेका थिए ।
प्रचण्डले आज संसद्मा सम्बोधन गर्दे प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समसामयिक विषयमा आफ्नो धारणा राखेर सरकारलाई सुझावसमेत दिने बताइएको छ । भोलि नै सरकारले पछिल्लो समय ल्याएको ६ वटा अध्यादेश निर्णायर्थ संसद्मा पेश हुँदैछ । अध्यादेश निर्णायर्थ पेश हुने दिन नै प्रचण्डले संसद्मा सम्बोधन गर्ने कार्यतालिका तय हुनुलाई विशेष रुपमा हेरिएको छ ।
प्रतिक्रिया