बागमती प्रदेशका मुख्यमन्त्री लामाले गरे कागेश्वरी मनोहराको नवनिर्मित भवनको निरीक्षण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०८१, बुधबार ०६:४२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिहं लामाले कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित भवनको निरीक्षण गरेका छन् ।

आइतबार मध्यान्ह मुख्यमन्त्री लामाले भवन निरीक्षण गरेका हुन् । सो क्रममा नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी र विकास निर्माणका कार्यहरुको जानकारी गराएका थिए । नगरपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, विकासका कार्यमा बागमती प्रदेश सरकारका तर्फबाट आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने मुख्यमन्त्री लामाले प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिकाले व्यावसायिक प्रयोजनसहित आफ्नै ठूलो भवन निर्माण गरेको छ । कान्तिभैरव स्कुलको नाममा रहेको ७ रोपनी जग्गामा ५१ करोडभन्दा बढी रकम लगानीमा नगरपालिका सहितको  भवन निर्माण भएको हो । अण्डरग्राउण्ड पार्किङसहित ७ तल्लाको भवन यसै महिनाको अन्तिम साताबाट संचालन हुने बताइएको छ ।

प्रतिक्रिया