बुढानीलकण्ठ। “उत्साह, एकता, र शक्ति: खेलकूदमा हाम्रो अद्वितीयता!” भन्ने मुल नाराका साथ माघ २४ गते बाट चौथो बुढानीलकण्ठ मेयरकप फुटसल प्रतियोगिता सुरु हुँदै छ ।
बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषदको आयोजनामा माघ २३ र २४ गते गरी २ दिन सञ्चालन हुने प्रतियोगितामा २८ वटा क्लबहरुले भाग लिएका छन् ।
माघ २२ गते नगरपालिका सभाहलमा आयोजित टाईसिट-ड्र एवं पत्रकार सम्मेलन कार्यक्रम मार्फत प्रतियोगिताको सम्पुर्ण खेलहरु निर्धारण भएको छ । खेलको टाईसिट अनुसार पहिलो खेल डिफेन्डिन्ङ च्याम्पियन रेभ फुटबल टिम ‘ए’ र रेभ फुटबल टिम ‘बि’ विच हुने छ ।
खेलको माघ २४ गते बिहान ७ः३० बजे उद्घाटन हुने छ भने उद्घाटनको अवसरमा बुढानीलकण्ठ जनप्रतिनिधि र कर्मचारी विच मैत्रीपुर्ण खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।
यस्तै माघ २५ गते हुने समापन समारोहको अवसरमा जनप्रतिनिधि VS पत्रकार विच मैत्रीपुर्ण खेल सञ्चालन हुने छ ।
वडा नं १३, चुनिखेल स्थित रिभरसाईड फुटसल मैदानमा हुने उक्त प्रतियोगितामा नगरपालिकाका स्थायि खेलाडीहरुको समुहले भाग लिएका छन् ।
५ ‘A’ शाईड ढाँचामा सञ्चालन हुने खेलहरु नकआउट चरणमा खेलाईने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेतालाई नगद रु. ७० हजार र उपविजेतालाई रु. ३५ हजार पुरस्कार सहित रनिङ शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतिक्रिया