न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०८१, मंगलवार ०६:३३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सदस्यमा दामोदर खड्कालाई नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एशोसिएशनको सिफारिस अनुसार खड्लाई नियुक्त गरेका हुन् ।

यसअघि खड्काको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । खड्का बरिष्ठ अधिवक्ता हुन् ।

नेपाल बार एशोसियसनबाट सिफारिस भएका सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि एउटा सदस्य पद रिक्त थियो ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :

प्रतिक्रिया