काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र नेपाली कांग्रेस गण्डकी प्रदेशको ब्यबस्थापनमा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुख लागि संगठन र समसामयिक सन्दर्भमा ‘अभिमुखीकरण कार्यक्रम’ पोखरामा सुरु भएको छ ।
उक्त कार्यक्रममा शीर्ष नेता डा. शेखर कोइरालालाई भने निम्तो नदिएको खुलेको छ । कोइराला निम्ता नपाएपछि उक्त कार्यक्रममा सहभागी भएनन् । कतिपयले शेखरले कार्यक्रम बहिष्कार गरेको चर्चा गरिरहेको बेलामा उनले भने आफूलाई निम्तो नै नगरिएको कुरा आफूनिकट नेताहरुलाई भन्ने गरेका छन् ।
आसन्न १५औं महाधिवेशनलक्षित सक्रियता बढाएका नेता शेखर र सभापति शेरबहादुर देउवाबीच सुमधुर सम्बन्ध देखिँदैन् । १४औं महाधिवेशनमा शेखरकै समूहबाट महामन्त्रीमा बाजी मारेका गगन थापापनि अहिले शेखरसँग नरहेको चर्चा छ । गगनले १५औं महाधिवेशनमा आफ्नै समूह खडा गरेर प्रतिष्पर्धा गर्ने बताईन्छ ।
प्रतिक्रिया