नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झाको कागजात मगाउन सर्वोच्चको आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०८१, सोमबार ०६:५५

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले ‘अन्य’ आदेश जारी गरेको हो।

झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सुवेदी र पाण्डेको इजलासले कागजात मगाउने आदेश गरेको हो।

झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषद्बाटै निर्णय गराउने भन्दै रकम असुल गरेको आरोप लागेको थियो।

उनलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो। अहिले उनी सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन्।

प्रतिक्रिया